आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

महोत्तरीको सीमा नाकामा झडप, एक प्रहरी र आठ व्यापारी घाइते


  • सोमबार, जेष्ठ १० २०७८
8.9K
SHARES

फाइल तस्विर

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् ।

बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गएराति करिब ८ बजे ५०÷६० जनाको भारतीय समूहले २ नं. बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ । सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ ।
स्थानीयले भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेको बताएका छन् ।

यता भारतीय व्यापारीहरुले भने सशस्त्र प्रहरीका जवानहरुले सरसामान सीमा कटाएवापतको पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् । सशस्त्र प्रहरीको कुटाइबाट आठ भारतीय व्यापारी घाइते भएको उनीहरुको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा