शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

मास्कको कालोबजारी गर्ने फार्मेसी संचालक पक्राउ


  • आइतबार, जेष्ठ ९ २०७८
13.6K
SHARES

फाईल तस्बिर

मास्कको कालोबजारी गरेको आरोपमा फार्सेसी संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका- ९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारी रहेको छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले सोही महानगरपालिका ७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका ७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले १ थान सिलिकन फूल फेस मास्कसहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको हो ।
उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा