शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

निषेधाज्ञामै नेविसंघ सडकमा, प्रतिनिधि सभा विघटनको विरोध


  • आइतबार, जेष्ठ ९ २०७८
6.8K
SHARES

फाइल तस्विर

नेपाल विद्यार्थी संघले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरेको छ।

कोरोनाभाइरस महामारीपछि अहिले देशका ७० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ।

निषेधाज्ञाबीच नै नेविसंघ कार्यकर्ता भने सडकमा देखिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाविपरीत काम गरेको भन्दै नेविसंघले पुतला दहन तथा प्रदर्शनलाई सुरू गरेको छ।

नेविसंघ केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले प्रदर्शनमा उत्रन युवा तथा विद्यार्थीलाई निर्देशन दिएलगत्तै शनिबारदेखि नेविसंघले प्रदर्शन सुरू गरेको छ।

माइतीघर मण्डल, राष्ट्रपति निवास शितलनिवास अगाडि, पशुपति क्याम्पसअगाडि, त्रिचन्द्र क्याम्पस अगाडि, माछापोखरी र चितवनलगायत जिल्लामा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नारावाजी गरेको छ।

महामारीका बेला स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै प्रदर्शनको व्यवस्था मिलाएको नेविसंघ चितवनका नेता श्रीकृष्ण लामिछानेले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा