शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

उपेन्द्र यादव पक्षले थाल्यो महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही


  • आइतबार, जेष्ठ ९ २०७८
16.5K
SHARES

फाइल तस्विर

जनता समाजवादी पार्टी (जसपा)ले बमहुत पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही थालेको छ ।

उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो ।

पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गछौं भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको लगायतका पछिल्ला गतिविधिका कारण कारबाही थालिएको एक नेताले बताए ।

उनकाअनुसार विधानअनुसार स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए निलम्बन वा निस्कासन गर्नेसम्म कारबाही हुनसक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा