बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका छन् ।
ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका हुन् ।
बार्सिलोनालाई उपाधि दिलाउन असफल भए पनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् ।
यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो ।
अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे । मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे । बेन्जिमाले २३ गोल गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।