शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

शीर्ष नेता देउवा निवासमा, राष्ट्रपतिविरुद्ध महाअभियोग बारे छलफल


  • शुक्रबार, जेष्ठ ७ २०७८
7K
SHARES

फाइल तस्विर

पछिल्लो राजनीतिक घटनाक्रमले नेताहरुलाई सक्रिय बनाएको छ । बिहान पार्टी पदाधिकारी बैठक गरेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले शीर्ष नेताहरुसँगको छलफलमा जुटेका छन् ।

देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् ।

कांग्रेसले आफ्ना पदाधिकारीसँगको बैठक सकिएलगत्तै विपक्षी दलहरुसँग छलफल गर्न लागेको हो । प्रचण्डले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे सल्लाह भइरहेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि विपक्षी दलहरुलाई आह्वान गरेकी छन् । यसबारेमा पनि छलफल गर्नका लागि देउवाको नेतृत्वमा भेला आयोजना गरिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा