शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ठुलो भाग खान खोज्दा, बादललाई दोहोरो झट्का


  • बिहिबार, जेष्ठ ६ २०७८
13.6K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई बिहीबार नराम्ररी दोहोरो झट्का लागेको छ ।

सर्वोच्च अदालतको आदेशमा गृहमन्त्रीबाट पदमुक्त भएको केही घण्टापछि राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा समेत बादल पराजीत भए । बादललाई एमालेकै माधवकुमार नेपाल समूहका उम्मेदवार डा। खिमलाल देवकोटाले पराजित गरेका छन ।

देवकोटाले ५०८८ र बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि समर्थन जनाएको थियो । बादललाई भने एमालेका अध्यक्ष केपी शर्मा ओली समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले मतदान गरेका थिए ।

राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भने पूर्वअनुमानित नै भन्न सकिन्छ । किनभने यो उपनिर्वाचनमा एमाले विभाजित बनेको अबस्था थियो। माधव नेपाल निकट देवकोटाले उम्मेदवारी दिँदा माओवादी सांसद प्रस्तावक र कांग्रेस सांसद समर्थक बसेका थिए । यो नतिजाबारे बादल पनि जानकारमै थिए। त्यसैले सुरुमा उनी उम्मेदवार बन्न राजी भएनन् । तर उम्मेदवारी दर्ता गर्ने दिन २४ वैशाखमा हेलिकप्टर हेटौंडा पुगेर उम्मेद्वारी दर्ता गराएका थिए ।

यस बीचमा बादलले नेता नेपालको मत लिन केही कसरत पनि गर्न भ्याएका थिए । मंगलबार मात्रै बादल नेता नेपाललाई मनाउन कोटेश्वर पुगेका थिए । तर एमालेभित्र सहमति जुट्न नसकेपछि एमालेकै उम्मेद्वार देवकोटासँग सूर्य चिन्ह सहित मैदानमा उत्रिएका बादल पराजित भए ।

यो संगै माओबादी समर्थकहरु बादललाई ठुलोभाग खोज्न गएका तर हातलाग्यो शुन्य भन्दै कटाक्ष गर्न भ्याई सकेका छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा