परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदको बजेट अधिवेशन आह्वानको तयारी भइरहेको बताएका छन् ।
बिहीबार बसेको एमाले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने आजै बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन सिफारिस गर्न सक्ने बताए । उनले अघि भने, ‘अध्यादेशबाट ल्याउने कुनै सोच छैन । नियमित बैठकमै बजेट पेश हुन्छ ।’
संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति (जेठ १५) आउन अब ९ दिन बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।
प्रतिनिधिसभा नियमावलीमा बजेट पेस हुनुभन्दा १५ दिनअघि नै प्रि-बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार वैशाख मसान्तमै प्रि-बजेट छलफल सकिनुपर्थ्यो । तर सो समयमा संसद अधिवेशन नै आह्वान गरिएन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।