शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

आतिनु पर्ने अबस्था छैन,९० नाघेकाहरु निको भएकाछन कोरोना बाट


  • बिहिबार, जेष्ठ ६ २०७८
14.6K
SHARES

फाईल तस्बिर

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की निको भएर आजै घर फर्की सकेकी छिन । ।
यतिमात्र हैन, ९१ बर्षीय उपमेएरलाई अक्सिजनको पनि आबस्यकता परेन । दुई साताअघि उनलाई कोरोना देखिएको थियो।

बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट निस्केकी हुन्।

उपमेयर कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या देखिएन।

उनलाई रेखदेख गर्न एक जना चिकित्सक राखिएको थियो तर अक्सिजनलगायत केही पनि आवश्यकनै परेन, यस्ता बृद्दाहरुले कोरोना जितेर घर फर्की सकेका उधाहरणहरु धेरै छन ।

त्यसैले आम सर्बसाधारण अत्तिएर कोभिड पोजेटिभ भईयो भने मरिहालिन्छकी भन्ने मानसिकता लाई हटाएर उच्च मनोबल र सन्तुलित आहार लियो भने कोभिडलाई सजिलै जित्न सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा