शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

कोरोना रोकथाम र नियन्त्रणमा जिम्मेवार बन्न प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र


  • बिहिबार, जेष्ठ ६ २०७८
11.4K
SHARES

नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा जिम्मेवार बन्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै खोपको बन्दोबस्त गर्न माग गरेका हुन् । कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकार गम्भिर बन्न नसकेको आरोप समेत लगाएको छ ।

१५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसले अक्सिजन लगाएतका अत्यावश्वक बस्तुमा समेत कालोबजारी र कार्टेलिङ गरेको आरोप लगाएको छ । सभापति देउवाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुनसक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न खोपको सुनिश्चितता गरियोस् ।’

खोप ल्याउनका लागि कुटनीतिक पहल गर्न माग गर्दै सभापति देउवाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनेका छन् । विज्ञप्तिमा भनिएको छ,‘खोपको सुनिश्चितताका लागि कुटनीतिक पहल गरियोस । खोप आपूर्ति गर्ने व्यवस्था बिचौलियारहित र पारदर्शी ढंगले गरियोस ।’

आवश्यकताअनुसार तत्काल आइसीयु र भेन्टीलेटरको तत्काल व्यवस्था गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । नयाँ भेरियन्टले बालबालिका समेत प्रभावित हुनसक्ने विज्ञहरुले जानकारी गराइसकेको अबस्थामा सरकारले तत्काल संक्रमण कम गर्न पहल गर्नुपर्ने कांग्रेसको माग छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा