शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन


  • बिहिबार, जेष्ठ ६ २०७८
16.9K
SHARES

फाइल तस्विर

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ ।

बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।

२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा