कोरोना महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा सञ्चालनको उपाय खोज्न गठित कार्यदलले जेठ १५ गतेभित्र प्रतिवेदन पेश गर्ने भएको छ ।
समितिले परीक्षाबारे छलफल अघि बढाएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य दुर्गाप्रसाद अर्यालले बताए । उनी कार्यदलमा पनि सदस्य छन् । उनका अनुसार समितिले परीक्षा सञ्चालनबारे विद्यालय सञ्चालकहरू, प्रधानाध्यापकहरू, शिक्षक संघसङ्गठनका प्रतिनिधिहरू र विज्ञहरूसँग सुझाव लिने काम गरिरहेको छ ।
गत साता राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गते शुरू हुने एसईई र जेठ २६ गते शुरू हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
स्थगनसँगै बोर्डले परीक्षा सञ्चालनका विषयमा अध्ययन गर्न ‘शिक्षा तथा मानवस्रोत विकास केन्द्र’ का महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले समितिले प्रतिवेदन बुझाएपछि परीक्षाका विषयमा निर्णय गर्ने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।