शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

रुपन्देहीमा थप ८ जना संक्रमितको मृत्यु


  • बुधबार, जेष्ठ ५ २०७८
11.3K
SHARES

फाईल तस्बिर

रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् ।

बैसाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल १३ की ८० वर्षिया महिलाको बुधबार बिहान ६:५८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै मंगलबार इमर्जेन्सीमै भर्ना भएका ओमसतिया गाउँपालिका रुपन्देहीका ४७ वर्षिय पुरुषको बुधबार बिहान ५:३० बजे मृत्यु भएको डा. गौतमले बताए ।

यस्तै तिनाउ गाउँपालिका–६ पाल्पाकी ६० वर्षीया महिलाको मंगलबार साँझ ४:२० बजे, बुटवल–१३ का ५२ वर्षिय पुरुषको मंगलबार साँझ ७:१० बजे र बुटवल– ७ का ६० वर्षीय पुरुषको बुधबार बिहान ७:३० बजे बुटवल धागो कारखानाको कोभिड अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुषको मंगलबार राति १२:४० बजे, वैशाख २५ गते भर्ना भएका रामग्राम–६ नवलपरासीका ४६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार बिहान १ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले जानकारी दिए ।

यससँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३७४ पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा