शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भूकम्पले १२ घर भत्किए, ४ जना घाइते


  • बुधबार, जेष्ठ ५ २०७८
12.3K
SHARES

फाइल तस्विर

लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पले १२ घर भत्किएका छन् । घर भत्कँदा ४ जना घाइते भएका छन् ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले अहिलेसम्म १२ घर भत्किएको र ४ जना मानिस घाइते भएको जनाकारी आएको बताए ।

भूकम्पमा परी ८४ वर्षीया वृद्धा, ३६ वर्षीया महिला, २२ वर्षीय गोविन्द अधिकारी भूकम्प गएको बेला बार्दलीबाट हाम फाल्दा बेहोस भएको बतााईएको छ ।

ठूला साना भुकम्पका धक्काहरु अझै पनि गइरहेको स्थानिय हरुको भनाई छ । बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा