इङ्ग्लिस प्रिमियर लिगमा उपाधि जितिसकेको म्यानचेस्टर सिटीले ब्राइटनसँग हार ब्यहोरेको छ । मङ्गलबार राति ब्राइटनको मैदानमा सिटी ३–२ गोलले पराजित भएको हो ।
खेलको दोस्रो मिनेटमा नै इल्के गुन्डोगानको गोलमा सिटीले सुरुआती अग्रता बनाएको थियो । तर दसौँ मिनेटमा नै जाओ क्यान्सेलोले रातो कार्ड पाएपछि पाहुना टोली सिटी दस खेलाडीमा सीमित बन्न पुगेको थियो । ४८औँ मिनेटमा फिल फोडेनको गोलमा सिटीले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।
त्यसको दुई मिनेटपछि नै ब्राइटनका लेयन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरे । ७२औँ मिनेटमा अदम वेबस्टेरले गोल गर्दै ब्राइटनलाई बराबरीमा फर्काए । ७६औँ मिनेटमा दान बर्नले गोल गरेपछि ब्राइटन ३–२ गोलले विजयी भयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।