पोर्चुगल अन्तर्राष्ट्रिय टिमका कप्तान साथै एक शिर्ष फरवार्ड हुन् युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डो, उनै रोनाल्डो जसले दशक लामो फुटबल इतिहासमा आफ्नो वर्चस्व कायम राख्न सफल भए उनलाई युवा सनसनी दुई फुटबलर विच को अब्बल भन्ने प्रश्न अघि सारिएको थियो । दुई युवा सनसनी हुन् पीएसजी स्टार किलियन एम्बाप्पे साथै डर्टमण्ड आवर्द अर्लिंग हाल्याण्ड ।
विश्व फुटबलमा रोनाल्डोसंगै लिओनेल मेस्सीले समेत आफ्नो उचाई शिर्ष स्थानमा राखेका थिए, यी दुवै एकै युगका शिर्ष खेलाडी बन्न सफल भए । विश्व फुटबलले नयाँ युगमा प्रवेश गर्दै छ जहाँ दुई युवा जोश एम्बाप्पे सहित हाल्याण्डले रोनाल्डो मेस्सीको स्थान लिन सक्ने विश्व फुटबलले नै अनुमान लगाइरहेको छ ।
के भन्छन रोनाल्डो – ग्लोबल ब्रान्ड एम्बासेडर लाइभ स्कोरको अन्तवार्तामा रोनाल्डोलाई यी दुई विच को अघि भन्ने प्रश्न गरिएको थियो । जबाफमा रोनाल्डोले यी दुई विच एक छनोट गर्न निकै कठिन हुने बताए । तर नयाँ युगमा हाल्याण्ड एम्बाप्पे जस्ता खेलाडीले स्थान लिनु फुटबल इतिहासका निम्ति एक सनसनी रहेको उनले बताए ।
रोनाल्डो भन्छन केहि खेलाडीहरु केहि सिजन उत्कृष्ट स्तरमा पुग्ने र हराउने हुन्छन तर प्रत्यक सिजन आफ्नो छबिलाई उतिकै उचाई दिन सक्नु नै एक विशिष्ट खेलाडीको परिचय रहेको रोनाल्डो बताउछन ।
हुन् त् हाल्याण्ड एम्बाप्पे अहिले नै रोनाल्डो मेस्सीसंग तुलना गर्नु गल्ति होला तर उनीहरुको स्थानमा पुग्न सक्ने छन् भन्ने अहिले नै आकडा लगाउनु समेत कठिन छ किनकि रोनाल्डोले भने जस्तै १९ औ २० औ सिजनमा समेत अहिले उनीहरुले देखाएको स्तरलाई स्थिर बनाउन साच्चै कठिन छ । रोनाल्डो ३६ साथै मेस्सी ३४ बर्षमा दौड लगाउदै छन् साथै विश्व फुटबल जीवन वा यूरोपियन फुटबलको लगभग उतरार्धमा छन् हाल्याण्ड साथै एम्बाप्पे यी दुई स्टारका उतराधिकारीको रुपमा लिन थालिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।