शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौँ उपत्यकामा थपिए २ हजार ६३५ कोरोना संक्रमित


  • मंगलबार, जेष्ठ ४ २०७८
13.3K
SHARES

फाईल तस्बिर

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६३५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार मुलुकभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९६ जनाको कोरोना संक्रमितको मृत्‍यु भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा