शनिबार, साउन ३० २०८३
ताजा अपडेट

दुःखद् खबरः जुम्ल्याहा दाजुभाईको मृत्यु


  • मंगलबार, जेष्ठ ४ २०७८
17.2K
SHARES

फाइल तस्विर

भारतमा यत्तिबेला कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । लाखौं मानिस संक्रमित भएका छन् । दैनिक चार हजार मानिसहरुले ज्यान गुमाइरहेका छन् ।
महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो । उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो।

आइटी इन्जिनियर दुबै जनाको अघिल्लो दिन बर्थडे थियो । सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी थिइन् ।

जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे। दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। दुबै जना हैदरावादमा काम गर्थे। केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा थिए।

बुवा राफेलका अनुसार २४ औं जन्मदिन मनाएका उनीहरूलाई आएको ज्वरो निको नभएपछि मे १ मा उनीहरूलाई अस्पतालमा भर्ना गरियो। दुबै जनाको शरीरमा अक्सिजनको मात्रा निकै घटेको थियो।

आनन्द अस्पतालको कोभिड वार्डमा उनीहरूको उपचार भयो।

अचानक मे १३ मा सोजालाई अस्पतालबाट फोन आयो। उनका एक जना छोराको कोरोनाले मृत्यु भएको जानकारी दिइयो।

ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो । अब अर्को छोरा पनि बाँच्दैन। किनकी उनीहरू छुट्टिनै नसक्ने थिए, राफेलले भने।

नभन्दै त्यस्तै भयो। केही घन्टा नबित्दै सोही अस्पतालमा उपचार भइरहेका अर्का छोराको पनि मृत्यु भयो।

कोरोनाले हाम्रो परिवार ध्वस्त बनाइदियो। मलाई थाहा छैन भगवानले किन हामीजस्ता मान्छेलाई नै यस्तो गर्छ,’ राफेलले भने,‘मलाई आशा छ( दाजुभाइ अहिले पनि सँगै होलान् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा