शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

आन्तरिक मुल्यांकनबाट परीक्षाफल प्रकाशन गर्न पोखरा महानगरपालिकाको निर्देशन


  • मंगलबार, जेष्ठ ४ २०७८
15.2K
SHARES

फाइल तस्बिर

पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयलाई आन्तिरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको छ ।

महानगरले मंगलबार विज्ञप्ति जारी गर्दै भौतिक उपस्थितिमा वार्षिक परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयले लिएको त्रैमासिक, अर्धवार्षिक परीक्षाको आधारमा आन्तरिक मुल्यांकनका गरी परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको हो ।

शैक्षिक सत्र २०७८ को लागि विद्यार्थी भर्ना सम्बन्धी कार्य असार १ गतेबाट मात्र शुरु गर्न पनि महानगरले निर्देशन दिएको छ ।

कक्षा ८ को वार्षिक परीक्षा सम्बन्धी नगर स्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी पुनः सूचना प्रकाशन गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा