शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्यालेस्टाइनमा इजरायलको बमबारीमा ५८ बालबालिकासहित कम्तिमा १९२ को मृत्यु


  • सोमबार, जेष्ठ ३ २०७८
14.4K
SHARES

फाइल तस्बिर

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिाइनमाथिको हवाई हमला जारी रहने बताएको केही घण्टापछि सोमबार पनि इजरायलको सेनाले गाजा पट्टीमा हवाई हमलालाई जारी राखेको छ । गाजा सहरको उत्तरदेखि दक्षिणसम्म अझ सशक्तरुपमा बमबारी गरिएको छ । आइतबार मात्र इजरायलको हवाई हमलामा एकै दिन ४२ जना प्यालेस्टाइनी नागरिकले ज्यान गुमाएका थिए ।

एक हप्ता अघि सुरु भएको हिंसामा हालसम्मको इजरायलको कारवाहीमा ५८ जना बालबालिका र ३४ जना महिलासहित कम्तिमा १९२ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि, गाजापट्टीमा शासन गर्ने हमास समुहले इजरायली सहर अस्केलन र बेरसेबामा रकेट प्रहार गर्दा २ जना बालबालिकासहित १० जनाको मृत्यु भएको थियो । पछिल्लो २० वर्षमा इजरायली सेनाले ३ हजारभन्दा बढी प्यालेस्टाइनी बालबालिकाको हत्या गरिसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा