शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

महन्थ र उपेन्द्रको वार्ता निष्कर्षहीन, फुटको संघारमा पुग्यो जसपा


  • सोमबार, जेष्ठ ३ २०७८
16.5K
SHARES

फाइल तस्बिर

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा देखिएको आन्तरिक विवादको समाधानका लागि आइतबार शीर्ष तहमा वार्ता भयो । तर, वार्ताकै बीचमा पनि जसपाका दुई पक्षीय नेताहरुबीच आरोप–प्रत्यारोप रोकिएको छैन ।

शनिबार उपेन्द्र यादवले आफ्ना पक्षका सांसद तथा कार्यकारिणी सदस्यको बैठक बोलाएका थिए । त्यो बैठकको महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए ।

त्यसपछि अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आइतबार वार्ता भयो । सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधानअनुसार अगाडि बढ्ने निर्णय भएको भोलिपल्टै यादवले ठाकुरसँग वार्ता गरेका हुन् ।

दुई अध्यक्षबीच छोटो समय भएको वार्ताले ठोस निकास ननिकाले पनि आपसमा बढेको दुरी घटाउने र सहमतिमै समाधान खोज्नेबारे कुराकानी भएको जसपा नेताहरु बताउँछन् ।

जसपाका सांसदहरु एमाले नेता महेश बस्नेतका साथमा भक्तपुरको डोलेश्वर रिसोर्टमा देखिएपछि उपेन्द्र यादव पक्षका लागि ठूलो मसला बनेको छ । अर्कोतिर संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेको विषय ठाकुर पक्षका नेताहरुका लागि मसला बनेको छ ।

प्रधानमन्त्री ओलीले लिएको विश्वासको मतमा जसपाको तटस्थता र विपक्षमा मतदान, भक्तपुर रिसोर्टमा सांसदको भेला, राजेन्द्र महतो संसदीय दलको नेतामा चयन, लुम्बिनी प्रदेशमा चारजना सांसदलाई कारवाही लगायतका विषयमा जसपामा विवाद चर्किएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा