सिंहदरबारको मूल गेटमै सोमबार दिउँसो सवारी दुर्घटना भएको छ । मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति भएको छ ।
सिंहदरबारको पश्चिम गेटमा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको को १ झ ६९९ नम्बरको गाडीमा नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाले चलाएको बा २ झ २९६१ नम्बरको गाडी पछाडिबाट ठोक्किएको हो ।
मन्त्रीको गाडी बिना संकेत देब्रे मोडिएर सिंहदरबार छिर्न खोज्दा पछाडिको गाडी ठोक्किएको हो । तर महानगरीय ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले भने दुवै गाडी एउटै दिशाबाट आइरहेकाले ठोक्किएको र मन्त्रीको गाडीमा सामान्य क्षति पुगेको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।