आगामी आर्थिक वर्षको बजेट (२०७८/७९) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयले बजेटको मस्यौदा मात्र तयार गर्न बाँकी रहेको जनाएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार अर्थमन्त्रालयले लेखन प्रक्रियालाई तिब्रता दिएको हो । बजेट लेखनमा अर्थ मन्त्रालयका पाँच जना सहसचिवको समुह सक्रिय छ ।
बजेट पूर्व ल्याइने सरकारको नीति तथा कार्यक्रम पनि अर्थले बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको अर्थस्रोतले बताएको छ । स्रोत भन्छ, ‘कहाँ कति बजेट पार्ने भन्ने पाटो सकिएको छ । अर्थमन्त्रालयको बजेट लेखन टिम बिहानदेखि साँझसम्म सक्रिय रहने गरेको छ ।
मन्त्रिपरिषदको कार्यालयले नीति तथा कार्यक्रमको अन्तिम रुप दिएपछि राष्ट्रपतिले संसदमा पेश गर्नेछिन् । बजेट अधिवेशन अझै पनि सुचारु नभएकाले संसदबाट बजेट आउनेमै विज्ञहरुले शंका गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।