तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवन आश्रितको दुर्घटनामा मृत्यु भएको २८ वर्ष पुगेको छ । यो बिचमा पटक पटक एमाले सत्तामा पुगेको छ । स्वयम मदन पत्नी राष्ट्रपति भएको अबस्था छ अहिले ।
दासढुंगा घटनालाई रहस्यमय दुर्घटना भन्ने एमाले त्यसपछिका वर्षमा निरन्तर सत्तामै छ भन्न सकिन्छ ।
आफ्नो सरकार बने एक हप्तामै हत्यारा पत्ता लगाउने दावी गर्ने केपी शर्मा ओली दुर्घटनाकै अर्काे वर्ष मन्त्री बनेको यथार्थ पनि हामी माझ छ ।
अहिले बर्तमान अबस्थामा मदन भण्डारीको उत्तराधिकारि दावी गर्ने, प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीनै छन। तर पनि आजसम्म एमालेका शीर्ष नेतादेखि कार्यकर्तासम्मले दासढुंगाा दुर्घटना नभई हत्या भएको भन्न छोडेका छैनन् ।
हत्या हो भने किन छानबिन गरिदैन ? यता तर्फ सम्बन्धित निकायको ध्यान किन गएको छैन ? यो आम जनताको चासोको बिषय छ ।
यो बिषयमा पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराई सोसल साईटमा लेख्दै भन्छन,मदनपत्नी राष्ट्रपति र मदनका उत्तराधिकारी दावी गर्ने ओली शक्तिशाली प्रधानमन्त्री भएकाले उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गरि त्यो रहस्यको अन्तिम निर्क्योल गरौ । उनले भनेका छन्, ‘नत्र वहॉहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं ।
ओली तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् भने राष्ट्रपति भण्डारीको यो दोस्रो कार्यकाल हो । तर दुबै जनाले अहिलेसम्म मदन आश्रित दुर्घटनाबारे अनुसन्धान गर्न कुनै चासो दिएको जस्तो बुझिदैन ।