शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सबै नागरिकलाई कोरोना खोपको व्यवस्था मिलाउन कांग्रेसको माग


  • सोमबार, जेष्ठ ३ २०७८
14K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसले देशका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई आइतबार टेलीफोन गरी द्रूतगतिमा विदेशबाट खोप आयातको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

टेलिफोन सम्वादको क्रममा नेता खाँणले कोभिड–१९ विरुद्धको खोपबाट नेपाली नागरिक वञ्चित हुने अवस्था आउन नदिन यथाशीघ्र आवश्यक खोप आयातको व्यवस्था मिलाउन मन्त्री त्रिपाठीसँग आग्रह गरेको कांग्रेसले जनाएको छ ।

नेता खाँणले जेष्ठ नागरिकहरुलाई पहिलो खोप दिए पनि हालसम्म दोस्रो डोज दिन नसकिएको भन्दै जेष्ठ नागरिकलाई यथाशक्य चाँडो दोस्रो खोप दिने व्यवस्था पनि मिलाउन आग्रह गरेका थिए ।

अक्सिजन अभावमा देशभर संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै उनले अक्सिजन सिलिण्डर आयात गर्नेदेखि अक्सिजन उत्पादक कम्पनीहरुलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्न समेत नेता खाँणले मन्त्री त्रिपाठीसँग अनुरोध गरेको कांग्रेसले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा