एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षीय केन्द्रीय सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले वार्ताका नाममा उपयोग गर्न सक्नेतर्फ ख्याल गर्न सचेत गराएका छन्।
खनाल-नेपाल पक्षका केन्द्रीय सदस्यको शनिबार भएको जुम बैठकमा बोल्ने केन्द्रीय सदस्यले जेठ २ मा फर्किन ओली तयार भए पनि उनले दाउपेचका रूपमा लिएको हुनसक्ने आशंका समेत गरेका थिए।
बैठकमा ओली पक्षसँगको वार्तामा सहभागि नेताले २०७५ जेठ २ को मोडालिटीमा फर्किने सहमति भए पनि त्यसको मोडालिटी तय हुन बाँकी रहेको जानकारी गराईएको छ ।
बैठकमा दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए।
उनीहरुले एमाले झगडा मिलाउने वार्तामा गृहमन्त्री रामबहादुर थापा बादलको इन्ट्रीले थप आशंका उब्जिएको बताएका थिए।
‘एमालेको झगडामा बादल आएर समाधान हुँदैन। हाम्रो विवाद सकिएपछि बादलजी बस्नुहुन्छ भनेर भनेकोसमेत नेताहरुले जानकारी गराउनुभएको छ,’ उनले भने, ‘जेठ २ को मोडालिटीमा जानेबारे भद्र सहमति भए पनि दुवै पक्षले आफ्ना-आफ्ना ढंगले गठन गरेका कमिटीलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लगाउन कार्यदल बनाउन लागिएको समेत हामीलाई जानकारी गराइएको छ।’
कतिपय नेताहरुले भने बादललाई बैठकमा राखेर ओलीले मनोवैज्ञानिक दबाब दिन त लागेका होइनन् भनेर आशंका समेत गरेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।