शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बजेटबारे प्रधानमन्त्रीले भने – पार्लियामेन्ट जिउँदै छ


  • आइतबार, जेष्ठ २ २०७८
13.5K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत दिएका छन् । २७ वैशाखमा बसेको विषेश अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिएका छन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदै ओलीले भने, ‘पार्लियामेन्ट जिउँदै छ ।’ ओली संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलका हैसियतमा प्रधानमन्त्री बनेकाले कतिपयले अध्यादेशबाट बजेट ल्याइन सक्ने अनुमान गरिरहेका छन् । तर प्रधानमन्त्री ओलीले भने संसदबाटै बजेट ल्याइने संकेत दिएका छन् ।

यसका लागि संसदमा प्रधानमन्त्री ओलीले बहुमत जुटाउनुपर्ने हुन्छ । तर एमालेसँग संसद्मा १२१ सिट मात्रै छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा