काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले आफूले केपी ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पार्नु भएको छ ।
कोरोना महाविपत्ति उन्मुख देशलाई निकास दिन ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको भट्टराइले स्पष्टीकरण दिनु भएको छ ।
एमालेका नेता महेश बस्नेतले प्राइम टेलिभिजनको एक कार्यक्रममा बाबुराम भट्टराई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न राति १ बजे बालुवाटार गएको बताएपछि भट्टराइको यस्तो स्पष्टीकरण आएको हो ।
बस्नेतले बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री ओलीलाई दुई पटक राति १ बजे भेटेको खुलासा गर्नु भएको थियो ।
भट्टराइले वर्तमान तथा पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको तर, उहाँले नमानेपछि अरुलाई नभनेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुअघि डा. भट्टराइले वर्तमान प्रम र पूर्व प्रम बाहेकबाट सबै दलको प्रतिनिधित्व हुने गरी राष्ट्रय सहमतीय सरकार बनाउन आग्रह गर्दै ट्विट गर्नु भएको थियो ।
उहाँले अझै पनि धारा ७६ (५) बमोजिम सरकार बनाउन सकिने हुँदा अझै सोच्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।