स्पेनिस ला लिगामा आज दसवटै खेल हुँदै छन् । आज हुने खेलहरू नेपाली समयानुसार राति १०ः१५ बजेबाट सुरु हुनेछन् ।
आज लिग लिडर एथ्लेटिको मड्रिडले आफ्नै मैदान वान्डा मेट्रोपोलिटानोमा ओसासुनासँग खेल्दै छ । यस्तै, साविक विजेता रियल मड्रिडले एथ्लेटिक क्लबसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दै छ ।
त्यसैगरी, बार्सिलोनाले क्याप नोउमा सेल्टा भिगोलाई निम्तो दिएको छ भने सेभिल्लाले भिल्लारियलसँग उसैको मैदानमा खेल्दै छ ।
ला लिगाको अन्त्यतिर उपाधि होड रोमाञ्चक बनेको छ । शीर्ष स्थानको एथ्लेटिकोसँग ८० अङ्क छ भने दोस्रो स्थानमा रहेका रियलसँग ७८ तथा तेस्रो स्थानको बार्सिलोनासँग ७६ अङ्क छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।