शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

रियल छोड्ने जिदानको निर्णय


  • आइतबार, जेष्ठ २ २०७८
15.1K
SHARES

फाइल तस्बिर

स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब छोड्ने निर्णय गरेका छन् । सिजनको अन्त्यसँगै जिदानले क्लब छोड्ने निर्णय गरेको गोल डटकमले लेखेको छ ।

फ्रान्सेली कोच जिदानले आफ्ना खेलाडीलाई २०२०–२१ को सिजन सकिएसँगै रियल छोड्ने कुरा बताएका थिए । उनले त्यसअघि पनि चेल्सीसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिँदा पनि टोलीसँग क्लब छोड्ने विषय उल्लेख गरेको बताइएको छ । उनी विशेषगरी च्याम्पियन्स लिगको विषयलाई लिएर चिन्तित रहेको पनि बताइएको छ ।

उनले रियलबाट दोस्रो पटक राजीनामा दिन लागेको खबरमा जनाइएको छ । यसअघि लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जिताएका उनले २०१८ मा राजीनामा दिएका थिए ।

अब, रियलले आज राति ला लिगामा एथ्लेटिक बिल्बाओको सामना गर्दै छ भने २३ मेमा भिल्लारियलसँग खेल्दै छ । यो खेल जिदानका लागि अन्तिम हुन सक्ने देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा