शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

तीजको रहर आयो बरिलै का गीतकार तथा निर्देशक चेतनको निधन


  • आइतबार, जेष्ठ २ २०७८
11.4K
SHARES

फाइल तस्बिर

फिल्म लेखक, गीतकार, साहित्यकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

एक सातादेखि सैनिक अस्पतालमा उपचाररत उनको कोरोना भाइरस संक्रमणबाट आइतबार बिहान निधन भएको हो ।

फिल्म निर्देशक प्रकाश सायमीका अनुसार उनको आइतबार बिहान १०ः १५ मा निधन भएको हो ।

विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिएका उनले ‘विश्वास’, ‘भुमरी’ र ‘पहिलो प्रेम’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

उनले लेखेका ‘तिजको रहर आयो बरिलै’, ‘छोरीको जन्म हारेको हर्क’ र ‘बैनीको दया छ भने’लगायतका गीत लोकप्रिय छन् । उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन् ।

उनका ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’, ‘हनिमुन(उपन्यास)’, ‘बसिबियाँलो(कथासंग्रह), ‘माया पिरतीको कथा’, ‘जुन निदाउन थाल्यो(गीत संग्रह’, ‘कल्पना टुट चुकी है (हिन्दी कविता)’, ‘दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता)’ प्रकाशित छन् ।

उनले विसं २०२५ सालमा फिल्म ‘परिवर्तन’को पटकथा संवाद लेखनबाट नेपाली फिल्ममा पाइला चालेका थिए । उनका श्रीमति र दुई छोरा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा