शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

कांग्रेसले कोभिड-१९ को अवस्थाबारे प्रदेशस्तरीय अन्तरक्रिया गर्दै


  • आइतबार, जेष्ठ २ २०७८
11K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसले ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागिएको हो ।

पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जेठ २ गते बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ । सोही दिन अपराह्न ४ बजेदेखि लुम्बिनी प्रदेशसँग अन्तरक्रियाको कार्यक्रम राखिएको कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

यसैगरी जेठ ३ गते बिहान १० बजेदेखि गण्डकी प्रदेश र अपराह्न ४ बजेदेखि वाग्मती प्रदेशका जिल्लाको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

त्यस्तै जेठ ४ गते बिहान १० बजेदेखि प्रदेश नं. २ र अपराह्न ४ बजेदेखि प्रदेश नं. १ का जिल्लाका नेताहरुसँग कांग्रेसले अन्तर्क्रिया गर्ने छ ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

सबै प्रदेशको संयोजन गर्ने जिम्मा सहमहामन्त्री एवम् कांग्रेसको कोभिड—१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतलाई दिइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा