निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा पर्साका विभिन्न स्थानबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेमा महानगरपालिका वडा नम्बर १० का २६ वर्षका साहेव शेख, वडा नम्बर १३ का ३० वर्षका मोहम्द असरफ राइन, पोखरिया नगरपालिका ३ का १९ वर्षका हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका ४ का ३० वर्षका भोला प्रसाद साह र भारत विहार वेतिया वैरिया ३ का मुन्ना साह रहेका छन् ।
पर्सामा बैशाख ३० गतेदेखि जेठ ६ गते सम्मका लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारवाहीमा अवरोध पुर्याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथी सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर एवं संक्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।