१ जेठ, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शिक्षक अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
शनिबार गोकर्णमा रहेको गोकर्णेश्वर बैँकेटमा शिक्षक तथा शिक्षिकालाई ४ घण्टा तालिम प्रदान गर्दै शिक्षक अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।
विद्यार्थीको सिकाईमा थप प्रभावकारी प्रदान गर्न आयोजना गरिएको उक्त शिक्षक अभिमुखीकरण तालिममा प्रशिक्षक अनिल पराजुली र हरि खड्काले पायोनियरका शिक्षक तथा शिक्षिकालाई अभिमुख गरेका थिए ।
विभिन्न प्रयोगात्मक तरिकाबाट तालिम सञ्चालन गरिएको थियो । जसबाट शिक्षक तथा शिक्षिकाले तालिमको उद्देश्य बारे बुझ्न थप सहज भएको थियो ।
शिक्षक अभिमुखीकरण तालिम बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म चलेको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले पायोनियर पब्लिक स्कुलका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठ एवं तालिममा सहभागि भएका शिक्षक, शिक्षिकासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।