शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारतमा महामारी नियन्त्रणमा नआउनु चिन्ताजनक : डब्ल्युएचओ


  • शनिबार, जेष्ठ १ २०७८
11.4K
SHARES

फाईल तस्बिर

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा कोरोना भाइरसको महामारी नियन्त्रणमा नआउनुले निकै चिन्ताजनक अवस्था सृजना गरेको जनाएको छ ।

डब्ल्युएचओ प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले भारतका कयौं राज्यमा अहिले पनि संक्रमणदर नघटेको, अस्पतालहरूले बिरामी थेग्न नसकेको र संक्रमितको मृत्यु बढिरहनु धेरै चिन्ताको विषय भएको बताएका छन् ।

अघिल्लो वर्ष फैलिएको भन्दा यो वर्षको महामारी निकै खतरनाक र ज्यान लिने खालको भएकाले गम्भीरताका साथ यसको नियन्त्रणमा राज्य संयन्त्र पूर्णरूपमा लगाउन उनले भारत सरकालाई आग्रह पनि गरेका छन् ।

संक्रमणले भारतमा मात्र नभई नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि अब आपतकालीन स्थिति निम्त्याएको टेड्रोसले बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा