
१ जेठ, काठमाडौं ।
भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
बुधबार विशेष अदालतमा उपस्थित भएका पाठकसँग बयान लिएपछि थुनछेक बहस भएको थियो । अध्यक्ष बाबुराम रेग्मी सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग्यो ।
पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा छुटेका छन् ।
नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।