अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी ले टी–ट्वान्टी विश्वकपमा २० टोली सहभागी गराउनेबारे छलफल थालेको छ । क्रिकेटको विश्वब्यापी पहुँच बढाउन आइसिसीले टोलीको सङ्ख्या बढाउने तयारी सुरु गरेको हो ।
यद्दपि, सन् २०२१ मा भारतमा निर्धारित विश्वकप टी–ट्वान्टीको आगामी संस्करणमा मात्र १६ टोली सहभागी हुनेछन् । आइसिसीले सुरु गरेको छलफलमा विश्वकप टी–ट्वान्टी क्रिकेटको सन् २०२४ को संस्करणदेखि २० टोली सहभागी गराउने प्रस्ताव गरिएको छ । पाँच–पाँच टोलीलाई चार समूहमा विभाजन गरिनेछ ।
आइसिसीले अन्तर्राष्ट्रिय एकदिवसीयको विश्वकपमा समेत सहभागी हुने टोलीको संख्या बढाएर १४ पुर्याउने अभ्यास गरिरहेको छ । हाल दस टोली मात्रै सहभागी हुँदै आएका छन् ।
यसअघि अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकपमा १६ टोलीले स्पर्धा गरेका थिए । सन् २००७ को विश्वकप क्रिकेटमा १६ टोलीले स्पर्धा गरेका थिए । तर सन् २०११ र २०१५ मा १४ तथा सन् २०१९ को विश्वकपमा दस टोलीमात्रै सहभागी थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।