पछिल्लो १२ महिना पुन विश्वलाई कोरोना भाइरसले पारेको आक्रान्त विच विश्व अर्थ परिसूचक फोर्ब्सले यस बर्षको शिर्ष कमाई गर्ने खेलाडीको सुची सार्वजनीक गरेको छ ।
गत बर्ष शिर्ष स्थानमा देखिएका लिओनेल मेस्सी साथै क्रिस्टियानो रोनाल्डोलाई पछी पार्दै यस बर्ष विश्व च्याम्पियन बक्सर यू।एफ।सि कोनोर म्याग्रेगोर विश्व सर्वाधिक धेरै कमाई गर्ने एथलेट बनेका छन् । उनले १२ महिनाको अन्तरमा १२७ मिलियन पौण्ड कमाई गरेको परिसूचकले जनाएको छ । उनि एक खेलाडी हुन् साथै एक ब्यबसायी पनि, उनको अल्कोहलको ब्यबसाय रहेको छ । अक्टागन नामक विस्की ब्राण्डका मालिक रहेका म्याग्रेगोरले ब्यबसाय बाहे ११२ मिलियन पौण्ड कमाई गरेका थिए ।विश्व सर्वाधिक कमाई गर्ने खेलाडीमा पहिलो पटक म्याग्रेगोरले स्थान जमाएका हुन् ।
बार्सिलोना सुपरस्टार साथै युभेन्ट्स स्टार बर्तमान फुटबलकालका शिर्ष कमाई गर्ने खेलाडीको रुपमा स्थापित छन् । ब्यबसायमा समेत उतिकै तल्लिन रोनाल्डो पहिलो अरबपति फुटबलर समेत हुन् साथै लिओनेल मेस्सी समेत विश्व फुटबलका अर्का अरबपति बनेका छन् ।
लिओनेल मेस्सीले फुटबलको छत्रछायामा रहेर ९२ मिलियन पौण्ड कमाई गरेका छन् । लिओनेल मेस्सीसंगै तेश्रो स्थानमा छन् क्रिस्टियानो रोनाल्डो उनले यस बर्ष ८५ मिलियन पौण्ड कमाई गरेका छन् ।
फुटबल बरियताबाट ब्राजिलियन साथै पेरिस सेन्ट जर्मन आवर्द स्टार नेय्मारले सुचीमा तेश्रो फुटबलरको रुपमा स्थान जमाएका छन् । फोर्ब्सको सर्वाधिक धेरै कमाई गर्ने खेलाडीमा भने नेय्मारले छैटौ स्थान प्राप्त गरेका छन् । उनले १२ महिने खेल यात्रामा ६७ मिलियन पौण्ड जम्मा गरेका थिए ।
शिर्ष १० सर्वाधिक कमाई गर्ने खेलाडी भित्र फुटबल खेलबाट ३ खेलाडी पर्न सफल भएका छन् भने शिर्ष र एक मात्र यू।एफ।सिका खेलाडी सुचित छन् । एन।एफ।एलका प्रेस्कोट चौथो स्थानमा परेका छन् । उनले यस बर्ष ७६ मिलियन पौण्ड कमाएका छन् । टेनिसका शिर्ष खेलाडी रोजर फेडेरर सुचीमा ७ औ स्थानमा परेका छन् । लेविस हेमिल्टन आठौ, टम ब्राडी ९ औ र केभिन डूरांन्त १० औ स्थानमा परेका छन् ।
डेली मैल लन्डन अनलाइन भएकै कारण मुद्रा पौण्डमा राखिएको हो । फोर्ब्सले कमाई डलरमा सार्वजनिक गरेको हुन्छ ।