जनता अक्सिजन नपाएर मरेका मरै छन, नेता कुर्सीको हाना थापमा छन यस्ताबाट खै के आस गर्नु एक अपरिचित बटुबाले केटीएम खबर कर्मी संग गरेको गुनासो हो यो ।
दाई घर काहाँ हो भन्न नपाउदै बटुवा भन्छन जाहाँ भए पनि के गर्नु हिडेर जानु पर्छ । घरमा कोरोनाका बिमारी छन भन्दै फटाफट आफ्नो परिचय सम्म नदिई आफ्नो गन्तब्यमा लागे ।
माथिको दृष्टान्तले के बुझउछ भने,आम सर्बसाधारणको नेतालाई हेर्ने दृष्टीकोण कस्तो रहेछ भन्ने बुझ्न सहजै सकिन्छ ।
अहिले मुलुक कोरोना भाईरसको माहामारीबाट आक्रांत छ । यस्तोबेलामा सरकार जनताको अभिभाबकको भुमिका निर्बाहा गर्नुको साटो आफ्नै कुर्सी बचाउन ब्यस्त छ । अस्पतालमा अक्सिजन नपाएर जनता छटपटाई रहोको अबस्थामा यता तर्फ ध्यन दिनु साटो सरकारले आफ्नै कुर्सी बचाउन ध्यान दिनुले राजनितीक दल र सरकार प्रति जनताको बिस्वास गुमेको छ ।
सबैभन्दा पहिले जनताको ज्यान बचाउन सरकार लाग्नु पर्ने अबस्थामा पद र कुर्सीको ताना तानले जनतामा बितिष्णा पैदा भएको छ । यता तर्फ सरकारको बेलैमा ध्यान जान जरुरी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।