काठमाडौँ । क्यान्टिन व्यावसायमा लामो समयदेखि क्रियाशिल द्धय सुनिल शाह र सुनिल महर्जनको संयुक्त अगुवाइमा आज पनि निःशुल्क खाना खुवाइएको छ ।
थापाथली स्थित प्रसुती गृह पछाडीको युएन पार्कमा मजदुर, असहाय तथा सडक व्यक्तिहरुलाई निःशुल्क रुपमा आज चौथो दिनमा पनि बेलुकाको खाना खुवाइएको हो ।

बेलुका ४ बजेबाट सुरु गरिएको खाना वितरण कार्यक्रममा ४५० भन्दा बढी व्यक्तिलाई खाना, मास्क तथा खानेपानी पनि वितरण गरिएको चानस बहादुर गिरीले केटिएम खबरलाई बताए ।

मजदुर तथा विपन्न व्यक्तिहरुलाई लक्षित गरेर दैनिक रुपमा हामीले निःशुल्क खाना खुवाउदैँ आएका छौँ व्यावसायी सुनिल शाहले केटिएम खबरलाई बताए । निषेधाज्ञाको समयमा कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले एक छाक खानाको अलवा मास्क, खानेपानी समेत वितरण गरिएको उनले बताए । शाह भन्छन्–आर्थिक अभावको कारण कोही भोकै हुनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोस् म आफ्नो तर्फबाट आवश्यक खाद्यान्न सहयोग गर्नेछु । सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसाथ गर्दै निःस्वार्थ सेवा गरेका छौँ । यसमा मलाई हौँसला प्रदान गर्नुहुने मेरो बुवा राजेन्द्र शाह, आमा कैलाशो देवी शाह तथा मेरा दाजु–भाईहरुहरु प्रती आभारी छु ।

खाना खुवाउने अभियानका अर्का सदस्य सुनिल महर्जन भन्छन्–दैनिक रुपमा खाना खानेको संख्या बढेको छ । यसलाई मध्यनजर गर्दै दैनिक रुपमा खानालाई बढाएका छौँ । भोको पेटलाई केही राहत प्रदान गर्दा धेरै खुशी लागेको छ । यस्तै लायन्स क्लब इन्टरनेशनल ए १ अन्तर्गत रहेका केही क्लबहरुले समेत हामीले स्वयसेविकाको भुमिकामा सहयोग गर्नु भएको छ । यसका लागि धन्यवाद दिन्छु ।

आइतबारसम्म बेलुका ४ बजेबाट हरेक दिन खाना खुवाउने कार्यक्रम रहने जनाइएको छ ।






















खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।