शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

बिहिबार कुन देवी-देवताको पूजा गर्ने ?


  • बिहिबार, बैशाख ३० २०७८
16.5K
SHARES

फईल तस्बिर

बिहिबारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, बिहिबारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

बिहिबार

नेपाली पात्रो अनुसार बिहिबार हप्ताको पाँचौं दिन हो । यसलाई गुरूबार वा बृहस्पतिवार पनि भनिन्छ । ज्योतिषशास्त्र अनुसार यसलाई बृहस्पति ग्रहको नामले नामाकरण गरिएको हो । हिन्दू धर्मावलम्बीहरू विहिबारमा भगवान विष्णुको पूजा गर्दछन्। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्ध पदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन् । हिन्दू धर्मका आराध्यदेव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ । जसलाई यो संसारको पालनकर्ता मानिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा