शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

पूर्वबैंकर निरज श्रेष्ठको कोरोनाबाट निधन


  • बुधबार, बैशाख २९ २०७८
15.6K
SHARES

फईल तस्बिर

कोरोना संक्रमणका कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन भएको छ।

वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा श्रेष्ठको आज मध्यान्ह निधन भएको हो।कोरोनाबाहेक श्रेष्ठलाई अन्य जटिल कुनै रोग थिएन।

‘उहाँलाई एक हप्तादेखि नै हस्पिटलमा राखिएको थियो, रेम्डेसिभिरको प्रयोग पनि गरिएको थियो’ निकट स्रोतले भन्यो।

श्रेष्ठलाई मंगलबार भेन्टिलेटरको जरुरत परेको थियो। तत्कालै भेन्टिलेटर पाउन समस्या थियो।

बेलाबेलामा ठीक भएजस्तो गर्नुहुन्थ्यो, आज बिहान पनि ठीक भएजस्तोगरी गफ गर्नुभएको थियो, तर पनि केही दिन भेन्टीलेटरमा राख्न अस्पतालले सुझाएको थियो, भेन्टिलेटर खाली भएको हस्पिटलबारे बुझ्दा बुझ्दै बिहान करिब ११ बजेतिर निधन भएको जानकारी गराइयो’ स्रोतले भन्यो।

यसअघि हिजाे मात्रै श्रेष्ठका बुवाको कोरोनाका कारण नै निधन भएको थियो। श्रेष्ठको श्रीमती र छोरी नयाँ दिल्लीमा छन्। उनीहरु पनि केही दिनअघि संक्रमित भएका थिए। पछिल्लो रिपोर्ट नेगेटिभ आइसकेकाले आज काठमाडौं आउँदैछन्।

श्रेष्ठले यसअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए। त्यसपछि केही समय सनराइज बैंकमा पनि सिइओ भएका थिए।

स्टान्डर्ड चार्टड बैंकबाट श्रेष्ठले करियर थालेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा