इन्डियाको लोकपृय पत्रीका हिन्दुस्तान टाइम्सले नेपालको राजनीतिबारे विवादास्पद भनाई सर्बजनिक गरेको छ। पत्रिकाले आफ्नो सम्पादकीयमै प्रतिनिधि सभामा विश्वासको मत नपाएर अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको समर्थन रहेको हिन्दुस्तान टाईम्सले लेखेको छ ।
हिन्दुस्तान टाईम्स भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनसँग नजिक मानिने पत्रीकाको रुपमा बुझिदै आएको छ ।
अनलाइनमा प्रकाशित सम्पादकीयमा लेखेको छ नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास गुमाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका कारण प्रधानमन्त्रीले विश्वासको मत नपाएका हुन्।
भारतले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई ओलीलाई सहयोग गर्न भनिरहेको उल्लेख गर्दै सम्पादकीयमा लेखिएको छ, ‘भारतको सल्लाह महन्थ ठाकुरलाई तटस्थ बस्नु भन्नेछ, दिल्लीको सपोर्ट अहिले पनि ओलीलाई नै छ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।