शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

काठमाडौँमा जेठ १ गतेदेखि ‘आकस्मिक रक्तदान’


  • बुधबार, बैशाख २९ २०७८
10.3K
SHARES

फईल तस्बिर

कोरोना महामारीका कारण देशभरका अस्पतालहरुमा रगतको अभाव भइरहेको बेलामा ‘आकस्मिक रक्तदान’ गरिने भएको छ ।

लायन्स क्लब अफ काठमाडौँ सोसियल फ्रेन्ड्सको संयोजकत्वमा अटो नेपाल र सहयोगी महिला जागरण मञ्चको पहलमा आउँदो जेठ १ गतेदेखि आकस्मिक रक्तदान कार्यक्रम हुन लागेको हो । रक्तदान कार्यक्रम रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा हुनेछ ।

सोसियल फ्रेन्ड्सका अध्यक्ष भूषणकुमार श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले गर्भवती महिला र अपरेसन हुनैपर्ने बिरामीको अपरेसन हुन नसकेको र रगत अभाव भएको बताएपछि रक्तदान कार्यक्रम गर्न लागिएको बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार दुई/दुई हप्तामा लायन्सले रगत संकलन गरेर रेडक्रसलाई बुझाउनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा