अमेरिकाले आफ्ना देशका नागरिकलाई नेपालको भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ ।
कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको हो ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गर्दै अमेरिकाले नेपालमा कोभिड संक्रमण उच्च रहेको जनाएको छ ।
अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न पनि एड्भाइजरीमा भनिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।