नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उत्पादन भएको अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ भन्ने प्रश्न गरेका छन्।
काठमाडौंमा मात्रै दैनिक ८ देखि १० हजार सिलिन्डर अक्सिजन उत्पादन हुने भने पनि उक्त अक्सिजन वितरण र खपत कहाँ भइरहेको छ भन्ने खोज्नुपर्ने शर्माको भनाइ छ।
अक्सिजन अभावले काठमाडौं उपत्यकाभित्रकै अस्पतालले थप बिरामी लिन नसकिने बताइरहेका छन्।
उनले अक्सिजन खपतबारे जनतालाई जानकारी गराउन पनि माग गरेका छन्।
साथै देशको स्रोतसाधन प्रयोग गरेर सम्भव भएका देशबाट अक्सिजन आपूर्ति गरिनुपर्ने पनि शर्माको भनाइ छ।
उनले फेसबुकमा लेखेका छन्, ‘काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन्। काठमाडौंमा मात्र दैनिक ८/१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ। उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ? क्षमता वृद्धि गर्न नसकेपनी उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराइयोस्। राज्यसँग भएको सम्पूर्ण श्रोतसाधन ४ वटा जहाजसमेत प्रयोग गरि संभव भएका विदेशी नियोग समेतको सहायता लिई अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस्। म जनताको जीवन रक्षा गर्न आपनो ठाउँबाट सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध
छु।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।