शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोना संक्रमणबाट एमालेका प्रदेशसभा सांसद पशुपति चौलागाईंको निधन


  • बुधबार, बैशाख २९ २०७८
12.8K
SHARES

फईल तस्बिर

नेकपा एमालेका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईंको निधन भएको छ।

कोरोना संक्रमण भएपछि उपचारका क्रममा बागमती प्रदेशसभा सदस्य चौलागाईंको मंगलबार साँझ निधन भएको हो।

कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका चौलागाईं यही वैशाख २२ गते स्वयम्भुस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

अस्पताल भर्ना गरिएका उनको अवस्था सामान्य थियो। तर विस्तारै स्वास्थ्यमा समस्या आएपछि गम्भीर बिरामी परेका उनको निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि गत २० गते पिसीआर परीक्षण गरेका चौलागाईंलाई २१ गते कोरोना पुष्टि भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा