मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ ।
अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाए ।
अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।
अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।