काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)को बैठक जारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे निर्णय गर्ने बताइएको छ ।
बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन् । कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला बैठकमा सहभागी भएका छैनन् ।
उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्नेबारे छलफल भएको छ । गृहमन्त्रालयका सचिवसँग पनि छलफल गरेर निषेधाज्ञाबारे निर्णय गरिने बताइएको छ । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।