शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बाबुरामको आशंका- वैकल्पिक सरकार बन्न नदिन राष्ट्रपति संस्था दुरुपयोग हुनसक्छ


  • मंगलबार, बैशाख २८ २०७८
20.3K
SHARES

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बन्न नदिने, फेरि संसद विघटन गर्ने र प्रायोजित चुनाव गराउने चलखेल भइरहेको भन्दै पार्टीले एकताबद्ध भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
डा. भट्टराईले अब दल दलहरुको कोर्टमा आएकाले एक थान सरकारको मात्र नभएर लोकन्त्रको रक्षाका लागि वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन् ।

डा। भट्टराई भन्छन्, ‘सतर्क रहौं,चलखेल नहोस । वैकल्पिक सरकार बन्न नदिने,संसद विघटन गर्ने,प्रायोजित चुनाव गर्ने,यस निम्ति राष्ट्रपति संस्था दुरुपयोग गर्ने,राजपा फुटाउने । ख्याल रहोस मधेशी जनता/नेता भेडाबाख्रा होइनन्,जसलाई हरियो घाँस देखाएर वली चलढाउन सकियोस्,वा उनीहरु यताका शासकबाट उम्केर उताका खोरमा परुन् ।
ठाकुरले जसपाको आधिकारिक धारणा राष्ट्रपतिलाई लिखित रुपमा गराउने तयारी भइरहेका बेला डा. भट्टराईले राष्ट्रपति संस्थाको दुरुपयोग हुने र राजपा फुट्ने आशंका गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा